हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा</span> <span class='c2'>करेन्ट लागेर एक जनाको मृत्यु</span>

झापा । झापाको कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो ।

हात्तीबाट अन्नबाली जोगाउन खनाल आफैँले बारीको वरिपरि विद्युतीय तारबारले घेरबार गर्नुभएको र आज बिहान बाख्रा चराउन जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताउनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्