कानेपोखरीमा मोटरसाइकल दुर्घटनामा सहायक हवल्दारको मृत्यु, श्रीमती र छोरा घाइते

<span class='c1'>कानेपोखरीमा मोटरसाइकल दुर्घटनामा सहायक हवल्दारको</span> <span class='c2'>मृत्यु, श्रीमती र छोरा घाइते</span>

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ७ डाँस पुल स्थित पूर्व पश्चिम राजमार्गमा आज(शनिबार) राति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

राति करिब ८ बजेको समयमा प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बेलबारी नगरपालिका ४ बस्ने प्रहरी चौकी जमुना इलाममा कार्यरत ३१ वर्षीय सहायक हवल्दार जितेन्द्र चौधरीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार चौधरीकी श्रीमती प्रहरी चौकी जमुना इलाममा कार्यरत २६ वर्षीया प्रहरी जवान बिमला धिमाल चौधरी घाइते भएकी छिन्। उनको कानबाट रगत बगेको छ भने हात खुट्टामा चोट लागेको छ। उनलाई तत्काल बोल्न नसक्ने अवस्थामा नोबेल अस्पताल विराटनगर रेफर गरिएको छ।

सोही दुर्घटनामा दम्पतीको २ वर्षीय छोरा जेसन चौधरीको टाउकोमा चोट लागेको छ। तर उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीब्र गतिका कारण यो दुर्घटना भएको हो। दुर्घटनामा संलग्न मोटरसाइकल अस्थायी प्रहरी चौकी कानेपोखरीको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्