त्रिकोणात्मक टी–२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

<span class='c1'>त्रिकोणात्मक टी–२० : नेपाल</span> <span class='c2'>आज स्कटल्याण्डसँग खेल्दै</span>

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ ।

मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् ।

सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन ।

यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्ससँग खेलेपछि नेपालले आफ्नो १००औं खेल पूरा गरेको छ । यस सिरिजअन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्