राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बसेको केन्द्रीय समितिको बैठकबाट कविन्द्र बुर्लाकोटीलाई पार्टीको महामन्त्री र मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।
यसअघि बुर्लाकोटी कार्यवाहक महामन्त्री र झा कार्यवाहक प्रवक्ताको भूमिकामा थिए।
पूर्वमहामन्त्री मुकुल ढकालले पद छाडेपछि यी दुवै पद रिक्त थिए र पार्टीले कार्यवाहकमा नियुक्ति दिएको थियो।
आजको बैठकले दुवैलाई पूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो।