राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ।
मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै उठेका रास्वपाका सांसदहरु गृहमन्त्री रमेश लेखकले जवाफ दिने बेला बसेका थिए।
गृहमन्त्री लेखक बोलेपछि भने रास्वपाका सांसदहरूले पुन उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलाई बोल्न समय दिएका थिए।
वाग्लेले सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा बनाएको छानबिन समिति मान्य नहुने बताएका थिए।