विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । नव–निर्मित शल्यकक्ष तथा शल्यक्रिया वार्ड स्थापना पश्चात, यो सेवा प्रारम्भ गरिएको हो।
सेवा प्रारम्भसँगै, अस्पतालमा पहिलोपटक मंगलबार २८ वर्षीय पुरुष बिरामीको कुमको सफल शल्यक्रिया सम्पन्न गरिएको छ। उक्त शल्यक्रिया हाडजोर्नी विशेषज्ञ तथा उप–प्राध्यापक डा. रोबिन श्रेष्ठको संयोजनमा भएको हो ।
हाडजोर्नी सर्जन तथा उप–प्राध्यापक डा. धीरज सिंह र एनिस्थेसियोलोजिस्ट डा. विकास अधिकारी सहितको चिकित्सक टोलीले सफलतापूर्वक पहिलो शल्याक्रिया सम्पन्न गरेका हुन् ।