प्रदेश स्तरका सबै खेलाडीलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने ः मुख्यमन्त्री

<span class='c1'>प्रदेश स्तरका सबै खेलाडीलाई मधेश प्रदेश</span> <span class='c2'>सरकारले आर्थिक सहयोग गर्ने ः मुख्यमन्त्री</span>

जनकपुर । मधेश प्रदेशसका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश स्तरको मधेशका सम्पूर्ण खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेशका खेलाडीहरुको प्रोत्साहनका लागि सम्पूर्ण प्रदेश स्तरका खेलाडीहरुलाई महिनावारी नभए वर्षमा एकैपटक जोडेर रकम उपलब्ध गराउने जानकारी दिए ।

मधेश प्रदेशले विगतमा भएको राष्ट्रिय स्तरको विभिन्न खेलहरुमा जित हासिल गरेर प्रदेशको नाम बढाएको स्मरण गराउँदै मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा खेलकुदको विकासका लागि प्रदेश सरकार सँधै तत्पर रहेको उल्लेख गरे । उनले मधेश प्रदेश सरकारको आयोजनामा आगामि दिनमा विभिन्न प्रदेश स्तरीय खेलहरु हुने र त्यसमा अन्य प्रदेशका खेलाडीहरु पनि सहिभागि हुने जानकारी दिए ।


मुख्यमन्त्री सिंहले युवा पुस्तालाई खेलकुदमा लागेर आफ्नो र आफ्नो प्रदेशको नाम उचाईमा लग्न आग्रह गरे । विहीबारदेखि सुरु भएको मुख्मन्त्री अन्तर प्रदेश कबड्डी प्रतियोगिता तीन दिनसम्म चल्ने जनाइएको छ । प्रतियोगिता मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भइरहेको छ । प्रतियोगितामा सातवटै प्रदेशका कबड्डी खेलाडीहरुले भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्