सुनसरीमा लागुऔषध विरुद्ध कार्यक्रम, अबको युद्ध दुव्र्यसन विरुद्ध

<span class='c1'>सुनसरीमा लागुऔषध विरुद्ध कार्यक्रम,</span> <span class='c2'>अबको युद्ध दुव्र्यसन विरुद्ध</span>

विराटनगर । लागुऔषध दुरुपयोग तथा ओसार–पसार विरुद्ध कोशी प्रदेशमा प्रहरीले आम नागरिकसँग प्रतिवद्धता माग गरेको छ ।

प्रहरीले ‘म मेरो घरमा दुव्र्यसनी नभित्रियोस भनि प्रहरीलाई सूचना दिन प्रण गर्दछु’ भन्ने प्रतिवद्धता नागरिकसँग अपेक्षा गरेको हो । लागू औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रहरीले सुनसरीमा जनसहभागिता सहित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

जसमा “अवको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराको उठान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकाको सहकार्यमा यो अभियान सम्पन्न भएको छ। जसमा नागरिकले घरमा भित्रन सक्ने लागुऔषधको जानकारी प्रहरीलाई दिन अपिल गरिएको हो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले लागुऔषध दुर्व्यसनले समाजमा गहिरो नकारात्मक प्रभाव पारेको भन्दै सबैको सहकार्यमा मात्रै दुर्व्यसनमुक्त समाज निर्माण सम्भव रहेको बताएका थिए ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा माननीय आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमको प्रारम्भमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट जनचेतनामूलक प्लेकार्डसहितको प्रभातफेरी निकालिएको थियो, जसमा बजार परिक्रमा गर्दै पार्टी प्यालेसमा पुगी नृत्य, झाँकी र विभिन्न प्रस्तुतिसहित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो।

प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले जिल्ला कार्यसमितिका पदाधिकारीहरूलाई सम्मान–पत्रद्वारा सम्मानित गरे भने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्वयंसेवकहरूलाई प्रमाण–पत्र वितरण गरेका थिए।

आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि विभिन्न योजनासहित सचेतनामूलक कार्यक्रम अगाडी बढाई रहेको बताएका थिए ।

कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले “अबको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नारालाई आत्मसात गर्दै समाजमा लागुऔषध विरुद्ध एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्