धनपालथान बालिका मृत घटना, काका विरुद्ध जर्बरजस्ती करणीपछि हत्या आरोपमा अनुसन्धान

<span class='c1'>धनपालथान बालिका मृत घटना, काका विरुद्ध</span> <span class='c2'>जर्बरजस्ती करणीपछि हत्या आरोपमा अनुसन्धान</span>

विराटनगर । ओछ्यानबाटै उठाएर काका नातामा पर्नेले सात वर्षीया बालिकालाई जर्बरजस्ती करणीपछि हत्या गरेको खुलेको छ । असार १४ गते शनिबार बिहान ४ः४५ बजे धनपालथान गाउँपालिका ५ रंगपुर वैरियास्थित दुर्गा आधारभुत विद्यालय नजिक मृत फेला परेकी सात वर्षीया बालिकामाथि जर्बरजस्ती करणीपछि हत्या भएको खुलेको हो ।

प्रहरीले संलग्न आशंकामा एकजना २२ वर्षीया मानिसलाई पक्राउ गरेर शनिबारदेखि अनुसन्धान थालेको थियो । त्यसमा उक्त व्यक्तिले सात वर्षीया बालिकालाई जर्बरजस्ती करणीपछि हत्या गरेको गरेको खुलेको छ । प्रहरीले बालिकालाई जर्बरजस्ती करणीपछि हत्या आरोपमा पक्राउ गरेका ती व्यक्ति विरुद्ध ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) र हाडनाता करणी तथा जर्बरजस्ती करणी सम्बन्धी मुद्धामा अदालतवाट म्याद थप गरी थप अनुसन्धानको सुरु गरेको जानकारी दिइएको छ ।

शनिबार बिहान अभिभावकसँग सुतिरहेकै अवस्थामा बालिका वेपत्ता भएकी थिइन् । स्थानीय र प्रहरीले खोज्ने क्रममा उनलाई नजिकै मृत फेला पारिएको थियो । शरीरका विभिन्न भागमा चोटैचोट भएको अवस्थामा भेटिएकी बालिकालाई जर्बरजस्ती करणी समेत भएको खुलेको हो । प्रहरीले हाडनाता करणीमा समेत मुद्दा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्