युवासँग जनप्रतिनिधि विचार विमर्श कार्यक्रम सम्पन्न

<span class='c1'>युवासँग जनप्रतिनिधि विचार</span> <span class='c2'>विमर्श कार्यक्रम सम्पन्न</span>

विराटनगर । नेपाल हातेमालो मञ्च विराटनगरले युवासँग जनप्रतिनिधि : विचारविमर्श एक दिने कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई प्रमुख अतिथिको रुपमा सहभागि गराएर शनिबार शिक्षा, राजनीति, युवा नेतृत्व र भूमिका तथा प्रदेशको समसामायिक बिषयहरुमा छलफल आयोजना गरिएको थियो ।

पूर्वमुख्यमन्त्री कार्कीले आफुले गरेको कामका बारेमा जानकारी गराएका थिए । भावना गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा उनले हातोमालो गरेर सबै एक हुनुपर्ने जरुरी रहेको बताएकी थिइन् । उनले युवा एक ढिक्का भएर आवाज बुलन्द गर्ने हो भने परिवर्तन संभव भएको सुनाइन् ।

कार्यक्रममा एसईईमा ए ग्रेडं ल्याएर उतिर्ण कृति गुरुङ्लाई सम्मान गरिएको थियो । कार्यक्रममा गोकुर्ण गोकुल भट्टराई, सुनिल के.सी, कुमार लुइँटेलसहित संस्थाका सदस्यहरुकाृ उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्