आज नेपाल र उज्बेकिस्तान भिड्दै , कसले मार्ला बाजी

<span class='c1'>आज नेपाल र उज्बेकिस्तान भिड्दै</span> <span class='c2'>, कसले मार्ला बाजी</span>

विराटनगर । एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ। तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९ः१५ मा सुरु हुनेछ ।

समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन्। । समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ ।

पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८ – ० ले हराएको थियो। उज्बेकिस्तानले पनि पहिलो खेलमा श्रीलंकालाई १० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा लाओसलाई ७–०ले हरायो। दुवै टिमले हालसम्म क्लिनसिप राखेका छन्। यी दुवै टिमको गोल अन्तर पनि बराबर रहेको छ। नेपाल २६ वर्षपछि एसियन कप खेल्न चाहन्छ भने २२ वर्षपश्चात एसियन कपमा स्थान बनाउन चाहन्छ। नेपालले हालसम्म तीनपटक मात्रै एसियन कप खेलेको छ। नेपालले सन् १९८६ सन् १९८० र १९९९ मा एसियन कप खेलेको थियो।

 

उज्बेकिस्तानले हालसम्म पाँच पटक एसियन कप खेलेको छ। पहिलो पटक १९९५ मा एसियन कप खेलेको जुबेकिस्तानले १९९७, १९९९, २००१ र २००३ मा एसियन कप खेलेको थियो। फिफा वरियतामा नेपाल १०० औँ स्थानमा रहेको छ भने उज्बेकिस्तान ५१ औं स्थानमा रहेको छ । हालसम्मको हेड टु हेड नतिजामा महिला एसियन कप १९९९ मा नेपाल र उज्बेकिस्तानले खेलेका थिए, जसमा नेपाल ६–१ ले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्