भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

<span class='c1'>भोजपुरमा एकै परिवारका</span> <span class='c2'>४ जनाको हत्या</span>

भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिका–२ मा एकै परिवारका चार जनाको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा श्रीमतीका श्रीमान् राजेन्द्र राई पनि गम्भीर घाइते अवस्थामा फेला परेका छन्।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार हेलौंछा घर भएका राजेन्द्र राईले आफ्नी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेका हुन्। घटना आइतबार राति सवा १ बजेतिर भएको हो।

राजेन्द्रको पेटमा तीन ठाउँमा धारिलो हतियारको चोट लागेको छ। उनलाई उपचारका लागि सुरुमा भोजपुर अस्पताल लगिएको थियो, तर अवस्था गम्भीर देखिएपछि अन्यत्र रेफर गरिएको छ।

छिमेकीहरूका अनुसार मनिषा केही दिनअघि माइतीघर आएकी थिइन्। उनलाई लिन गएका राजेन्द्र र माइतीपक्षबीच विवाद भएको थियो। विवादको कारण खुलेको छैन।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। राति ढिलो खबर पाएकोले प्रहरी टोली अबेर घटनास्थल पुगेको थियो। चारै जनाको शव फेला परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्