टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा

<span class='c1'>टी–२० विश्वकप छनोटको खेलतालिका</span> <span class='c2'>सार्वजनिक, नेपाल समूह–२ मा</span>

काठमाडौं । आईसीसी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार कुल नौ टोलीको सहभागिता रहने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

 

प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी (पीएनजी) र ओमानसँगै कुवेत, मलेसिया युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ सहभागी हुनेछन् । तालिका अनुसार अक्टोबर ८ देखि ओमानमा हुने प्रतियोगितामा नेपाल समूह–२ मा परेको छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा अक्टोबर ८ मै कुवेतसँग खेल्नेछ । यसपछि नेपालले अक्टोबर १० मा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्