मोरङको धनपालथान गदिया खोलाबाट गाँजा बरामद

<span class='c1'>मोरङको धनपालथान गदिया</span> <span class='c2'>खोलाबाट गाँजा बरामद</span>

विराटनगर । मोरङ र सुनसरीको दुई स्थानबाट प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ । साउन १ गते १ बजेको समयमा मोरङको धनपालथान गाउँपालिका–१ गदिया खोला किनाराबाट ३ सय २३ किलो ३०० ग्राम गाँगा बरामद भएको ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको प्रहरी टोलीले खोलाको किनार स्थित खेतमा प्लास्टिकको १० वटा बोरामा बेवारिसे अवस्थामा गाँजा बरामद गरेको हो ।

त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय हरिनगराले देवानगंज गाउँपालिका–७ स्थित सडक किनारबाट ४९ किलो २९० ग्राम गाँजा बरामद गरेको हो । गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज तलास तथा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्