विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई १३ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैंचा ७ का उनलाई बिहीबार दिउँसो पक्राउ गरेर अनुसन्धान थालिएको हो ।
मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडालले श्रेष्ठलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको जानकारी दिएकी छिन् ।
उनका अनुसार बालिकालाई जर्बरजस्ती करणी गरेको उजुरीका आधारमा श्रेष्ठ पक्राउ परेका हुन् । उनी विरुद्ध बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।