पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टोली बिदाई

<span class='c1'>पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप</span> <span class='c2'>खेल्ने नेपाली टोली बिदाई</span>

काठमाडौं । पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिम होर ई स्पोट्र्सलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र ई स्पोट्र्स संघ नेपाल (इशान) का अध्यक्ष अन्जन धमलाले खेलाडीहरुलाई बिदाई गरेका हुन् । खेलाडी तथा अफिसियललाई शुभकामना दिदैँ सदस्य–सचिव घिसिङले ई स्पोट्र्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको उल्लेख गर्दै नेपाली टिमलाई विजेता बनेर आउन सुभेच्छा दिएका थिए ।

 

उनले विदेशी भुमीमा नेपालको प्रतिनिधित्व गर्दै टिम तथा खेलाडीहरुले राम्रो प्रर्दशन गर्ने विश्वास व्यक्त गरेका थिए । संघका अध्यक्ष अन्जन धमलाले पनि ई स्पोट्र्सको अन्तराष्ट्रिय नतिजाका लागि सक्दो सहयोग गर्न आफुहरु तयार रहेको बताएका थिए । पब्जी टिममा खेलाडीको रुपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा , प्रवेश गुरुङ र आयुश लामा रहेका छन् भने म्यानेजरमा उमेश बुढथापा र अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन् ।

 

साउदी अरबमा जुलाई २३ देखि अगष्ट २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा होर ई स्पोट्र्स एक्लो टिमको रुपमा छनोट भएको हो । काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहदै होर विश्वकपमा छनोट भएको थियो । झण्डै ४१ करोड रुपैयाँ पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्