विराटनगर । मोरङ जिल्लामा टेबल टेनिसको प्रवर्द्धन तथा व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नयाँ समिति गठन गरिएको छ। टेवल टेनिस संघ मोरङमा अध्यक्ष बिकेन थापाको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नयाँ गठित मोरङ जिल्ला खेलकुद विकास समिति अन्तर्गत आधिकारिक रूपमा दर्ता समेत गरिएको छ । नवगठित कार्यसमितिमा उपाध्यक्षको रूपमा श्रीमती गौरी क्षेत्री मास्के, सचिवमा सत्यनारायण राजभण्डारी, कोषाध्यक्षमा विशाल केडिया चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा पंकज सापकोटा, अनुज बानियाँ र अमित कुमार बोथरा मनोनित भएका छन।
संघले टेबल टेनिस खेलको विकास, युवा प्रतिभा पहिचान तथा प्रशिक्षण लगायत विविध गतिविधिमा केन्द्रित हुने जनाएको छ। संघले तीनजना सल्लाहकार पनि मनोनित गरेको छ। सल्लाहकारहरूमा ध्रुव क्षत्री, डा. मनोज कुमार लाखे र नबिन कुमार रेग्मी रहेका छन । जिल्लामा टेबल टेनिसलाई नयाँ उचाइमा पुर्याउने संघका अध्यक्ष बिकेन थापाले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लाका विद्यालय, कलेज र स्थानीय तहसँग सहकार्य गर्दै खेल क्षेत्रको स्तरोन्नति गर्ने योजना रहेको जानकारी दिएका छन् ।