एकवर्षमा तीनहजार ५१३ फरार प्रतिवादी पक्राउ

<span class='c1'>एकवर्षमा तीनहजार ५१३</span> <span class='c2'>फरार प्रतिवादी पक्राउ</span>

विराटनगर । अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरेर लुकेर, भागेर धर पाईदैन, ढिलो होस या चाँडो जसरी जहिले भएपनि प्रहरी नियन्त्रणमा परिन्छ । कोशी प्रदेश प्रहरी कार्यालयसहित मातहतका प्रहरी कार्यालयले एकवर्षको अवधीमा तीन हजार ५१३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

कानुन सबैलाई समान रुपमा लाग्ने र न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले फरार रहेका प्रतिवादीहरूलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गर्दै प्रहरीले समुदायसँगको समन्वयमा फरार प्रतिवादीहरु नियन्त्रणमा लिइएको हो । पछिल्ला केहिमहिनायता विशेष रणनीति, सूचना प्रविधिको प्रयोग र समुदायसंगको समन्वय र सहकार्य मार्फत उल्लेखनीय सफलता हाँसिल गरिएको प्रहरीले जारी गरेको प्रेसनोटमा उल्लेख छ ।

अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका र लामो समयदेखि फरार रहदै आएका अभियुक्तहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन अभियान सञ्चालन गरिएको हो । अदालतबाट दोषी ठहर भई समाजमा खुलेआम हिडडुल गर्दा समाजमा नकारात्मक असर पर्ने र अपराधीको मनोवल बढ्ने कुराप्रति सजग हुँदै प्रहरीले सक्रियता बढाएको उल्लेख गरिएको छ ।

प्रहरी कार्यालयमध्ये गत आर्थिक वर्ष २०८१÷२०८२ मा जिल्ला प्रहरी कार्यालय मोरङले सबैभन्दा बढी फरार प्रतिवादी नियन्त्रणमा लिइएको । मोरङ प्रहरीले एक हजार १५६ जना, सुनसरीले एक हजार दुईजना, झापाले ५३४ जना, इलामले १४६ जना, पाँचथरले ४२ जना, ताप्लेजुङले ४८ जना, धनकुटाले ५७ जना, तेह्रथुमले ४५ जना, भोजपुरले ४४ जना, संखुवासभाले २८ जना, उदयपुरले २६० जना, ओखलढुंगाले ६९ जना, सोलुखुम्वुले १४ जना, खोटाङले ५३ जना पक्राउ गरेको छ । प्रादेशिक अनुन्धान समुहले १५ जना नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका प्रतिवादीबाट १ हजार ४१६ बर्ष भन्दा बढी कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ । यसैगरी जरिवाना बापत १४ करोड ७७ लाख भन्दा बढी राजश्व संकलन भएको छ । प्रहरीले समुदायसँग यो आग्रह पनि गरेको छ की, अपराधमा संलग्न भएपनि छलिएर बसेका व्यक्तिहरु भए नजिकको प्रहरीमा जानकारी गराउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्