मेडिकलबाट लागुऔषध बिक्री गरेको आरोपमा केराबारीबाट सञ्चालक पक्राउ

<span class='c1'>मेडिकलबाट लागुऔषध बिक्री गरेको</span> <span class='c2'>आरोपमा केराबारीबाट सञ्चालक पक्राउ</span>

विराटनगर । मोरङको केरावारी गाउँपालिका–७ स्थित दाहालचौकमा सञ्चालित मुगु मेडिकलबाट प्रतिबन्धित लागुऔषध बिक्री गर्दै आएका सञ्चालक मनिष कुवरलाई प्रहरीले पक्राउ गरेको छ ।

मेडिकल संचालक बेलबारी नगरपालिका–८ का २८ बर्षीय कुँवरलाई प्रहरीले लागुऔषधको कारोबार गरेको आरोपमा पक्राउ गरेको हो । मंगलबार बिहान मेडिकलबाट प्रतिबन्धित लागुऔषधको कारोबार भईरहेको भन्ने विषेश सूचना प्रहरीले प्राप्त गरेको थियो ।

त्यसका आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त मेडिकल खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा डिकोलिक ४ हजार ५ सय ट्याव्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित लागू औषधी सहित पक्राउ परेका कुँवरको सम्बन्धमा थप अनुसन्धान प्रहरीले सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्