विराटनगर श्रावन १६ ,
विराटनगर महानगरपालिका–१ पोखरियाका ५० वर्षीय शैलेश भट्टराई बुधबारदेखि सम्पर्कविहीन भएका छन्। काठमाडौंको सामाखुसीबाट बानेश्वरस्थित कार्यालय जाने भन्दै निस्किएका उनी बिहीबार साँझसम्म पनि परिवारसँग सम्पर्कमा आएका छैनन्।
शैलेश भट्टराई काठमाडौंमा परिवारसँगै बस्दै आएका थिए। अचानक सम्पर्कविहीन भएपछि परिवारजनले चिन्ता व्यक्त गर्दै खोजतलास सुरु गरेका छन्। आफन्त, साथीभाइ र कार्यस्थलमा सोधखोज गर्दा पनि कुनै जानकारी नपाएपछि उनकी पत्नी रश्मि शर्मा भट्टराईले महाराजगञ्ज प्रहरी वृत्तमा निवेदन दिएकी छन्।
परिवारका अनुसार भट्टराईले प्रयोग गर्ने मोबाइल फोन बुधबार साँझदेखि बन्द रहेको छ। प्रहरीका अनुसार भट्टराईको खोजी तीव्र पारिएको छ र विभिन्न प्रहरी कार्यालयहरूमार्फत हुलियासहित सूचना आदानप्रदान गर्दै खोजी कार्य अघि बढाइएको छ।