पाँचथरमा पाँचदिनदेखि वेपत्ता दाजु–बहिनी मृत फेला

<span class='c1'>पाँचथरमा पाँचदिनदेखि वेपत्ता</span> <span class='c2'>दाजु–बहिनी मृत फेला</span>

विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका दाजुबहिनी स्थानीय बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई मंगलबार बिहान बिरुवा खोलामा मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरु भेटिएको स्थानलाई प्रहरीले सुरक्षित गरेर घटनाको अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बालबालिका साउन १५ गते शुक्रबार बिहानदेखि हराइरहेका थिए । बेपत्ता बालबालिकाको खोजीमा परिवार, स्थानीय बासिन्दा, प्रहरी, वडा कार्यालय तथा जनप्रतिनिधिहरू गाउँ र आसपासको जंगल, नदी किनार र आसपासका क्षेत्रमा खोजी गरेका थिए ।

च्याङथापु १ र ८ लाई सिमाना छुट्याएर बग्ने विरुवा खोलामा दुवै जनाको शव भेटिएको हो । बालबालिकाको शव घट्नास्थलको प्रकृति मुचुल्का तयार गरेर पोष्ट मार्टका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्