विराटनगर । सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ ।
स्थानीय चन्द्रिका रौनियारले निर्माण गर्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव बुधबार विहान फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार मृतक तामाङ उक्त घर बनाउने पेटी ठेकेदार हुन् भने राई कामदारको रुपमा कार्यरत रहेका थिए । घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोलीले परिचालन गरिएको बताइएको छ ।