नेपालको समाजमा बारम्बार दोहोरिने रोग छ, नेतालाई भगवान बनाउने। भीड भावनामा बहक्छ, तर तर्कमा चल्दैन। त्यसैले कहिले अपराधी उद्धारकर्ता बन्छ, कहिले साधुलाई चोर ठहरिन्छ। भीडको समस्या यही हो , आँखा हुँदैन,कान हुँदैन,दिमाग हुँदैन।
प्रचण्डलाई सम्झनुस्। हजारौँ निर्दोष मारेर सत्तामा पुगेका उनी पनि अपराधी हुन् भन्ने मान्येता रहेको भएतापनी सहि र सत्यताको आधारमा जेलमा हुनुपर्ने पात्र हुन, तर भीडले उनलाई ‘देशको उद्धारकर्ता’ ठहरायो। उनी अझै पनि भीडकै आडमा सपना बाडिरहेका छन । आज फेरि उही दृश्य दोहोरिएको छ। रवि लामिछानेलाई पनि भीडले भगवान बनाउन खोज्दैछ। तर वास्तविकता के हो? उनी सहकारी घोटालामा संलग्न भएको अभियोगमा अहिले हिरासतमा छन् र अदालतको फैसला आउन बाँकी छ। यस्तो अवस्थामा पनि उनलाई भगवान ठहराउनु भनेको न्यायको अपमान गर्नु हो।अदालतको त्वहिन हो ।
त्यस्तै,काठमाडौंका मेयर बालेन शाह वा धरानका मेयर हर्क साम्पाङलाई पनि कतिपयले ‘भविष्यका भगवान’ बनाउन थालेका छन्। उनीहरूले केही काम गरेका छन्, प्रयासरत छन्, तर उनीहरू पनि मान्छे मात्र हुन्।हामिले चुनेका पात्र हुन राम्रो कर्म गर्लान भनेर रोजेर पठाको सेवक हुन। उनीहरूलाई प्रश्न गर्नुपर्छ, जवाफ माग्नुपर्छ, आलोचना गर्नुपर्छ। सेवकलाई सेवककै रूपमा राख्नुपर्छ, भगवान बनाउन खोज्नु अर्को ठुलो गल्ती हो।केबल सेवक मात्र हुन । हामीसँग पूजा गर्न पर्याप्त देवी–देवता छन्। नयाँ भगवान सिर्जना गर्ने कुनै आवश्यकता छैन। आवश्यक छ त—इमानदार, कर्मठ र भ्रष्टाचारमुक्त सेवक, जसले कानुनको पालना गरोस् र नागरिकलाई जवाफदेही ढंगले सेवा गरोस्।
यदि हामीले अब पनि चेत पाएनौं भने हाम्रो भविष्य फेरि–फेरि भीडको उन्मादमा लुटिनेछ। हाम्रो विश्वास फेरि बेचिनेछ। हाम्रो सपना फेरि चकनाचुर हुनेछ।त्यसैले आँखा खोलौं। कानले सत्य सुन्ने साहस गरौं। दिमागले आलोचनात्मक सोचौं। नेतासँग कठोर प्रश्न गरौं।
देशलाई भगवान होइन,जवाफदेही सेवक चाहिएको छ।