नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन आगामी मङ्सिर १ गतेदेखि २७ गतेसम्म हुने भएको छ। प्रतियोगितामा ८ टिम रहेका छन्।
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा हुने यो लिग पहिलो सिजनमै ठुलो लोकप्रियता हासिल गरेको थियो।
दोस्रो सिजनलाई अझ व्यवस्थित र आकर्षक बनाउन तयारी भइरहेको क्यानले जनाएको छ।