इम्बार्क कलेजले ‘इमर्जिङ बी–स्कुल’को उपाधि पाएको छ । अगस्ट १९ र २० मा भारतको नयाँ दिल्लीमा आयोजित ‘इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५’मा इम्बार्क कलेजलाई ‘इमर्जिङ बी–स्कूल’ उपाधिबाट सम्मान गरिएको हो ।
उक्त सम्मानले इम्बार्क कलेजले व्यवसायिक शिक्षा क्षेत्रमा पुर्याएको योगदान, नवीन शैक्षिक दृष्टिकोण र छोटो अवधिमा प्राप्त उल्लेखनीय प्रगतिको मूल्यांकन गरेको छ ।
“यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुन पाउँदा हामी अत्यन्त गौरवान्वित छौँ,” इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले भने, “यो सम्मानले व्यवसायिक शिक्षाको क्षेत्रमा हाम्रो दृष्टिकोण, प्रतिबद्धता र नवाचारको प्रमाण प्रस्तुत गर्छ । हामी विद्यार्थीलाई विश्वस्तरको शिक्षा प्रदान गर्दै जिम्मेवार व्यवसायिक नेतृत्व विकास गर्न प्रतिबद्ध छौँ ।”