नेपाली महिला टोली आज भुटानसँग खेल्दै

<span class='c1'>नेपाली महिला टोली</span> <span class='c2'>आज भुटानसँग खेल्दै</span>

काठमाडौं । नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो ।

नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेबाट सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको पहिलो खेलमा पराजित भएका छन् । नेपालले पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने भुटान बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली सहभागी छन् ।

प्रतियोगिता डबल राउण्ड–रोबिन प्रणालीमा भइरहेको छ, जसअनुसार प्रत्येक टोलीले दुईपटक सबै टोलीसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको अन्त्यमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने टोली च्याम्पियन बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्