बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आजदेखि खुल्यो

<span class='c1'>बन्दीपुर केबुलकार एण्ड टुरिजम</span> <span class='c2'>लिमिटेडको आईपीओ आजदेखि खुल्यो</span>

विराटनगर भाद्र ११,

आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आजदेखि खुलेको छ ।

जारी पूँजी २ अर्ब ८३ करोडको २०.७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा छुट्याइएको छ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो ।

भदौ १५ गतेसम्म कम्पनीको सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्