राउण्ड टेबल नेपालको अध्यक्षमा सुमित मित्तल निर्वाचित

<span class='c1'>राउण्ड टेबल नेपालको अध्यक्षमा</span> <span class='c2'>सुमित मित्तल निर्वाचित</span>

काठमाडौँ, भदौ १२ , राउण्ड टेबल नेपालको २५औँ वार्षिक साधारण सभाबाट सुमित मित्तल संस्थाको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। गत शनिबार काठमाडौँको होटल सोल्टीमा सम्पन्न सभाले नयाँ कार्यकारिणी समिति चयन गरेको हो।

नव–निर्वाचित राष्ट्रिय बोर्डमा अध्यक्ष मित्तलसहित उपाध्यक्ष साकेत मुरारका, सचिव रोहित अग्रवाल, कोषाध्यक्ष दीपल खन्ना, सम्पादक निशान्त चाचान, अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी मयंक केडिया र निर्वतमान अध्यक्ष प्रवेश अग्रवाल रहेका छन्।

“राउण्ड टेबल १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुको संस्था हो, जसको मूल मन्त्र Adopt, Adapt, Improve हो। हामी समाजका चुनौतीहरुलाई पहिचान गर्छौं, त्यसलाई स्थानीय सन्दर्भ अनुसार आत्मसात् गर्छौं, र निरन्तर सुधार गर्दै लैजाने प्रयास गर्छौं।” अध्यक्ष निर्वाचित भएपछि मित्तलले संस्थाको उद्देश्यबारे प्रष्ट पारे ।

विगत २५ वर्षदेखि राउण्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य, वातावरण र युवा नेतृत्वका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्