दक्षिण अष्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपालको हार

<span class='c1'>दक्षिण अष्ट्रेलियासँगको पहिलो अभ्यास</span> <span class='c2'>खेलमा नेपालको हार</span>

दक्षिण अष्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपालले हार बेहोरेको छ । बिहीबार सम्पन्न खेलमा नेपाल ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १४७ रनको लक्ष्य दक्षिण अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । दक्षिण अष्ट्रेलियाका लागि एनपी विन्टरले सर्वाधिक ३६ रनको योगदान दिए । उनले १९ बलमा ३६ रन जोडेका थिए । यस्तै, हुगेनबोजेमले २८ रन तथा एमडब्ल्यू हार्भेले २७ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै, नन्दन यादव र रोहित पौडेलले समान २/२ विकेट हात पारे।

यसअघि, ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाए । उनले ३२ बलमा ३२ रन जोडेका थिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले १९ बलमा २६ रन र आसिफ शेखले १३ बलमा २२ रन बनाए ।

दक्षिण अष्ट्रेलियाका लागि थम्पसनले २१ रन खर्चेर २ विकेट लिए । यस्तै, टी ब्राउन र एच मनन्तीले समान २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्