उदयपुरमा १४ वर्षीया छात्रामाथि करणी आरोपमा स्कुलका प्रधानाध्यापक पक्राउ परे

<span class='c1'>उदयपुरमा १४ वर्षीया छात्रामाथि करणी</span> <span class='c2'>आरोपमा स्कुलका प्रधानाध्यापक पक्राउ परे</span>

उदयपुरको बेलका नगरपालिका–२ कञ्चनजङ्गा टोलस्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक युवराज श्रेष्ठ पक्राउ परेका छन्। आफ्नै विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई आइतबार राति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

४७ वर्षीय श्रेष्ठले विद्यालयकै कार्यकक्षभित्र छात्रामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले जाहेरी दिएको थियो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घटना शनिबार राति १०:४५ बजे घटेको भए पनि पीडित पक्षले आइतबार साँझ मात्रै उजुरी दर्ता गरेका हुन्।

बालिकाकी भाउजूले साँझ साढे ६ बजे दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीबाट खटिएको टोलीले श्रेष्ठलाई राति नै पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले जानकारी दिए।

हाल उनलाई रामपुर ठोक्शीस्थित प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

स्थानीयका अनुसार सुरुमा विद्यालय व्यवस्थापन पक्षले घटना सामसुम पार्न खोजे पनि जानकारी फैलिएपछि दोषी उम्कन नसकेर पक्राउमा परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्