मोरङको रतुवामाईमा ७१ वर्ष अगाडीको विद्यालय, न सुद्ध पीउने पानी, न त पंखा

<span class='c1'>मोरङको रतुवामाईमा ७१ वर्ष अगाडीको विद्यालय, न</span> <span class='c2'>सुद्ध पीउने पानी, न त पंखा</span>

रबिन्द्र बराल
विराटनगर । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरियामा २००९ सालमा स्थापना भएको डोरिया आधारभूत विद्यालयमा १ सय १० जना विद्यार्थी भर्ना हुन्छन् । कक्षा नर्सरीदेखि ५ कक्षासम्म पढाई हुने विद्यालयमा दैनिक उपस्थिति भने ६० देखि ७० को हाराहारीमा मात्रै छ ।
विद्यालयमा ८ वटा कक्षा कोठा छन् । तर, कक्षा कोठामा अहिलेसम्म पंखा जडान गरिएको छैन । गर्मीको समयमा किताब र कापीले हम्केर विद्यार्थी बिताउँछन् । त्यति मात्रै नभई विद्यालयमा पीउने पानी र शौचालयको समेत सुव्यवस्थित प्रवन्ध नहुँदा सास्ती रहेको छ ।

उनीहरुले पीउने प्रयोग गर्ने पानीमा आईरन भएको पानी पिउनु पर्ने बाध्यता छ । शौचालय जानका लागि समेत पालो कुरेर बस्नुपर्ने बाध्यता रहेको छ । अति विपन्न घरपरिवारका बालबालिकाहरु उक्त विद्यालयमा अध्ययन गर्ने आउने गरेको विद्यालयका प्राध्यापक मोहम्मद कासिम उद्विमले बताए । विद्यालयको ८ कट्ठा १८ धुर जग्गामा विद्यालयको संरचना रहनुका साथै बिद्यालयको पुर्वपट्टिमा १० कठ्ठा १८ धुर जग्गा समेत रहेको छ।

विद्यालयको आम्दानीको स्रोत उक्त खेतबाट वार्षिक ७ हजार रुपैयाँ मात्रै रहेको जनाइएको छ । बार्षिक रुपमा बिबिध खर्चको लागि दिदै आएको १५ हजारले विद्यालयको सबै व्यवस्थापन गर्नुपर्ने बाध्यता समेत रहेको गुनासो छ । अहिले गर्मीको समयमा कक्षाकोठामा पंखा नहुदा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई समेत विद्यालय पठाउन चाँहदैनन ।

सरकारले शिक्षामा लाखौं रुपैयाँ लगानी गरेता पनि पावर र पहुँच भएका विद्यालयहरुका लागि मात्रै पुग्ने गरेको र पहुँच नहुने बिधालयमा भने सबै पक्षबाट अपहेलित हुनुपरेको प्रअ कासिम उद्धिमले बताए । वडा अध्यक्ष जिमारत मियाँका अनुसार उक्त विद्यालयमा पंखा जडानका लागि आफुहरुले प्रक्रिया अगाडि बढाईसकेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्