झुम्का कारागारका चारसय कैदीबन्दीलाई भाइरल ज्वरो, तीनजनाको मृत्यु

<span class='c1'>झुम्का कारागारका चारसय कैदीबन्दीलाई</span> <span class='c2'>भाइरल ज्वरो, तीनजनाको मृत्यु</span>

विराटनगर । झुम्का कारागार, सुनसरीमा भाइरल ज्वरोको प्रकोपले पछिल्लो चार दिनमा तीनजना कैदीबन्दीको मृत्यु भएको छ । भाइरल ज्वरोको प्रकोप फैलिएसँगै बुधबार, आइतबार र सोमबार एक–एक जनाको मृत्यु भएको हो ।

निमित्त जेलर राम निरौलाका मृत्यु हुनेमा स्वासप्रश्वाससँग समस्या र उच्च ज्वरो देखिएको थियो । बुधबार बेलुका सप्तरीको राजविराज–८ घर भई झुम्का कारागारमा रहेका बन्दी ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको थियो । उच्च ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएपनि उनको उपचारका क्रममा निधन भएको हो । भदौ १५ गते रामदेव उराउको मृत्यु भएको थियो । भदौ १६ गते सागर राईको मृत्यु भएको हो ।

उराउमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो । राई भने शरीर नचलेका कारण केहीदिनदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए । ज्वरोको प्रकोप झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी १ हजार ७ सय ९५ जना कैदीबन्दी छन् । तीमध्ये ४०० बढीमा ज्वरोको समस्या छ । जेलर निरौलाका अनुसार ती मध्ये १९ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
कारागार प्रशासनले ६ जनालाई उपचारका लागि पठाएको थियो । ज्वरोको प्रकोप फैलिएपछि पुगेको स्वास्थ्यकर्मीको टोलीले बुधबार राति थप १३ जनालाई उपचारका लागि पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्