एक्सपर्ट छैठौ विराटनगर बास्केटबल कपमा छात्र र छात्रा दुवै तर्फको फाइनल प्रतिस्पर्धा टुंगिएको छ।
छात्र तर्फ उपाधि भिडन्तमा बीकेभीएम स्कुल र सगरमाथा स्कुल आमनेसामने हुने भएका छन्। पहिलो सेमिफाइनलमा बीकेभीएमले एभरेष्टलाई ७९–२१ ले हराउँदै फाइनलमा प्रवेश गर्यो भने दोस्रो सेमिफाइनलमा सगरमाथाले शिक्षादीपलाई ९३–४० को फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गर्यो ।
यसअघि सम्पन्न छात्रा सेमिफाइनलमा अर्निको स्कुलले सेंट जोसेफ्सलाई ६७–१४ ले हरायो भने अर्को सेमिफाइनलमा बीकेभीएमले एभरेष्टलाई २०–१० ले पराजित गर्दै फाईनल प्रवेश गर्यो ।
अब छात्रा तर्फ उपाधि भिडन्त अर्निको र बीकेभीएम बीच हुनेछ। दुवै समुहको फाईनल खेल २०८२ साल भाद्र २१ गते शनिवार एभरेष्ट कलेजको बास्केटबल कोर्टमा हुनेछ । एक महिना सम्म संचालन भएको होम एण्ड अवे फ़र्मेट लिगमा ८ छात्र र ८ छात्रा स्कुलको सहभागिता थियो।