बीकेभीएमले जित्यो एक्सपर्ट ६औं विराटनगर बास्केटबल कपको दुवै उपाधि

<span class='c1'>बीकेभीएमले जित्यो एक्सपर्ट ६औं विराटनगर</span> <span class='c2'>बास्केटबल कपको दुवै उपाधि</span>

विराटनगर, भदौ २२। विराटनगरमा सम्पन्न एक्सपर्ट ६औं विराटनगर बास्केटबल कप २०८२ मा बीकेभीएम स्कुलले छात्र र छात्रा दुवै तर्फको उपाधि जित्दै प्रतियोगितालाई ऐतिहासिक बनाउन सफल भएको छ।

छात्रा तर्फ भएको फाइनल खेलमा बीकेभीएमले अरनिको स्कुललाई ३४–२८ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। खेलभरि नै दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि अन्तिम क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै बीकेभीएम विजयी भयो। अर्कोतर्फ छात्र फाइनलमा बीकेभीएमले सगरमाथा स्कुललाई ६८–६० ले हराउँदै उपाधि जित्यो। खेलमा सुरुवातदेखि नै आक्रामक बनेको बीकेभीएमले अग्रता कायम राख्दै उपाधि आफ्नो पक्षमा ल्यायो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी (MVP), उदयमान खेलाडी, डिफेन्सिभ खेलाडी तथा उत्कृष्ट प्रशिक्षक समेत घोषणा गरिएको छ। छात्र तर्फ बीकेभीएमका सन्तोष साह म्यान अफ द म्याच हुँदै प्रतियोगिताको MVP बने भने छात्रा तर्फ अरनिकोकी मही चौधरी उत्कृष्ट खेलाडी घोषित भइन्। त्यस्तै, उदयमान खेलाडीमा छात्रतर्फ सगरमाथाका आगमन चौधरी र छात्रा तर्फ सेंट जोसेफ्सकी बन्दना काब्रा घोषित भए। डिफेन्सिभ खेलाडीमा अर्पणका उस्म कार्की र एभरेष्टकी अनमेशा श्रेष्ठ सम्मानित भए। प्रशिक्षक तर्फ छात्रा बिभागमा आदर्शकी माधव गुरागाई र छात्र बिभागमा सगरमाथाका दिपेश कटवाल उत्कृष्ट घोषित भए।

फाइनल खेलपछि आयोजित समापन समारोहमा विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो। पुरस्कार वितरण गर्नेहरुमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसकी म्यानेजर प्रतिमा घिमिरे, नेपाल बास्केटबल संघका उपाध्यक्ष विनायक कान्त पन्त, मोरङ बास्केटबल संघका उपाध्यक्ष अनिल राई, विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्साल, न्युरो कार्डियो मल्टिस्पेसलिटी अस्पतालका भरत श्रेष्ठ, मायुर डिजिटल प्रिन्टिङ प्रेसका निर्देशक गोकुल कार्कीलगायतको विशेष उपस्थिति थियो।

प्रतियोगिता विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भव्यतापूर्वक सम्पन्न भएको हो। यसपटक बीकेभीएमले छात्र र छात्रा दुवै तर्फ उपाधि हात पार्दै विराटनगर बास्केटबलको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरमा कोरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्