इन्दु कुमारी साह
विराटनगर । नेपालमा पछिल्ला दिनमा विद्यार्थी नेतृत्वमा सुरु भएको शान्तिपूर्ण आन्दोलन रक्तपातमा परिणत भएको छ। भदौ २३ गतेदेखि काठमाडौँसहित देशका विभिन्न स्थानमा सुरु भएको प्रदर्शनलाई ‘जेनजी पुस्ताको आन्दोलन’ नाम दिइएको छ। विद्यार्थीहरूले विद्यालय तथा कलेजको पोशाकमै सडकमा निस्केर शान्तिपूर्ण प्रदर्शन गर्ने उद्देश्य राखेका थिए। तर प्रदर्शन विस्तारै उग्र बन्दै गएपछि सुरक्षा निकायले गोली चलाएको थियो ।
भिड नियन्त्रण गर्न प्रहरीले केही स्थानमा गोली चलाएको पुष्टि भएको छ। अन्तर्राष्ट्रिय कानुनले विद्यालय पोशाकमा रहेका विद्यार्थीमाथि गोली प्रहार गर्न निषेध गरेको भए पनि सो नियमको उल्लंघन भएको भन्दै कडा आलोचना भइरहेको छ।
समाचार तयार पार्दासम्म आन्दोलनका क्रममा हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। सामाजिक सञ्जालमार्फत मृत्यु भएका विद्यार्थीहरूको तस्बिर र विवरण तीव्र रूपमा सार्वजनिक भइरहेका छन् । जसले देशभर आक्रोश फैलाएको छ।