शून्यमा पुग्यो देश ! अबको निकास कस्तो ? – चन्द्र पौडेल

<span class='c1'>शून्यमा पुग्यो देश ! अबको निकास</span> <span class='c2'>कस्तो ?  – चन्द्र पौडेल</span>

नेपाल इतिहासका पानामा पढिने विगत होइन अब, वर्तमान नेपाली पुस्ताले आफ्नै आँखै अगाडि शासनको सम्पूर्ण संरचना खरानी भएको भयानक दृश्य देख्नुपरेको छ । भदौ २३ र २४ (२७ घण्टा) कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता राज्यका तीनै अंगदेखि प्रधानमन्त्रीको निवास र सिंहदरबारसम्म आगो मुस्लोमा ध्वस्त हुँदा मुलुक शून्यमा पुगेको छ ।

शासन सम्हाल्ने एक व्यक्तिको अहंकारले मुलुक कसरी बर्बाद हुन्छ भन्ने उदाहरण अब अरू मुलुको हेर्नुपरेन, नेपालले आफैँ देखाइदिएको छ ।

राज्यका तीन अंग-कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचना जलेर नष्ट भएका छन् । नेपालको इतिहासदेखि अहिलेसम्मका सबै शासकीय संरचनाका अभिलेखहरू धुवाँ बनेर उडेका छन् । यसले नेपाली समाजले अहिलेसम्म कहिल्यै नदेखेको विभत्स घटना निम्त्याएको छ ।

के हो नेपालमा चर्चा बटुलेको जेनजी पुस्ता, किन सञ्जाल हुदैँ सडकसम्म?

१३ वर्षदेखि २८ वर्षसम्मका किशोर तथा युवाहरुलाई जेन-जी पुस्ता भनेर चिनिन्छ। उनीहरुसँग विश्वले ठूलो आशा राखेको छ। नयाँ पुस्तासंग आशा राख्नु स्वाभाविकै हो। तर अहिलेको आशा फरक छ। आइटीको प्रचुर विकासको चरण एआईसम्म पुगेको छ। यो अवस्थामा आइटीको उच्चतम अभ्यास गर्ने र त्यसबाट संसारका साझा समस्याहरुको पहिचान, त्यस उपर वैश्विक बहस चलाउने दायित्व र निष्कर्षको खोजी गर्नका लागि यो पुस्ताले महत्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास जागेको हो। प्रविधिको सहायताले यो पुस्ताले यी अपेक्षा पूरा गर्ने बाटो पनि समातेको छ। तर विडम्बना, यो कार्यमा एउटा लय पकडिसकेका जेनजी पुस्ताका युवाहरु नेपालमा भने सडकमा प्रदर्शनका लागि निस्कनु पर्यो ।
पुस्तागत छलफलमा यो बेबी बुमर्स, जेन एक्स वा मिलेनियल्सजस्ता नाम लामो समयदेखि प्रयोग हुँदै आएका छन्। तर पछिल्ला वर्षहरूमा पुस्ता छुट्याउने आधारमा विवाद बढ्दै गएको छ। यसबीच नयाँ शब्दावलीको रूपमा ‘GenG’ अर्थात् ‘Generation G’ देखापरेको छ, जसले उमेरभन्दा बढी व्यवहारलाई आधार मानेको छ।

GenG भन्नाले ‘Global’ र ‘Generous’ दुवैलाई जनाइन्छ। यस पुस्ताका युवाहरू आफ्नो प्रतिभा, समय र उदारतालाई समाजको हितमा प्रयोग गर्न इच्छुक छन्। उनीहरू ‘डिजिटल’ र ‘सोसल’ वातावरणमै हुर्किएका कारण सीमितता वा पदानुक्रमप्रतिको परम्परागत दृष्टिकोणलाई मान्दैनन्। यही कारणले ब्रिटिश नेशनल हेल्थ सिस्टम (NHS) मा सामाजिक आन्दोलनलाई सफल बनाउन उनीहरूले सामाजिक सञ्जालमार्फत समय, ऊर्जा र सीप योगदान गरेका उदाहरण दिइएको छ।

GenG का लागि सहकार्य स्वाभाविक प्रक्रिया बनेको छ। उनीहरूले युट्युब, स्मार्टफोन र गेमिफिकेसनजस्ता प्रविधि प्रयोग गरेर सिर्जना गर्ने, बाँड्ने र सामूहिक रूपमा काम गर्ने प्रवृत्ति अपनाएका छन्। जीवन र कामबीचको सीमारेखा उनीहरूका लागि महत्वहीन भइसकेको छ।

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथितिका विरुद्ध एकै पटक प्रदर्शन गर्न भनेर युवाहरु (जेनजीहरु) सडकमा आउँदैछन्। उनीहरुले उठाउन चाहेको मुद्दा हेर्दा सञ्जालमा प्रतिबन्ध खुला, सदाचार राज्य प्रशासन र थितिका आधारमा राज्य सञ्चालन यो पुस्ताको लक्ष्य देखिन्छ। यी सबै कुरा लोकतन्त्रका आधारभूत सिद्धान्तभित्रै अट्ने कुराहरु हुन्। लोकतन्त्रको ‘कोर–भ्यालु’का लागि अझै पनि सडकमा जानु पर्ने अवस्था किन आयो ? यो पनि नेतृत्वले गम्भीर मनन गरोस्।

जेनजी पुस्ता प्राविधिक दक्षताको मात्र होइन, लोकतान्त्रिक चेत र संस्कृतिको पनि ज्ञान होस् भन्ने दाइ/अंकल पुस्ताको अपेक्षा छ। प्रविधिको कोरा प्रयोगले परिणाम दिँदैन। लोकतान्त्रिक चेतनाको उच्च प्रदर्शन गर्दै यो पुस्ता अगाडि आयो लोकतान्त्रिक मूल्यका लागि फेरि अर्को पुस्ताले यो नियति भोग्नुपर्ने छैन। त्यस कारण नयाँ पुस्ता यो सन्दर्भमा गम्भीर बन्नुपर्छ-बन्नेछ।

अबको राजनीतिक र संवैधानिक निकास के हुन सक्छ ?

जेन–जीको आन्दोलन उत्कर्षमा पुगेसँगै राज्यका सबै संयन्त्र उनीहरूको नियन्त्रणमा छन् । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारदेखि संवैधानिक निकाय र सर्वोच्च अदालतसमेत उनीहरूको नियन्त्रणमा पुगे । अनि सुरक्षा निकायले आन्दोलनकारीसँग समर्पण गरे, जसले गर्दा आगजनी र तोडफोड रोकिएन ।
जेन–जीको आन्दोलन दबाउने क्रममा २१ जनाको मृत्यु भयो । अनि, ५ सयभन्दा बढी घाइते भएका थिए । त्यो आक्रोशपछि राज्यको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको भौतिक संरचना उनीहरूले ध्वस्त बनाएका छन् ।
अबको निकास के हुने भनेर राजनीतिक अन्यौलमा देश फसेको छ । समाजका प्रबुद्ध वर्गहरूको भनाइमा तीनवटा कुरामा ध्यान दिनुपर्नेछ । पहिला त जेन–जीलाई आन्दोलनबाट घर फिर्ता गराउनुपर्नेछ । त्यसपछि एजेन्डासहितको सरकार बनाउने बाटोमा अग्रसर हुनुपर्छ ।
उनीहरूका अनुसार अन्तरिम राष्ट्रिय सरकार बनाउनुपर्छ । त्यस्तो सरकारसँग तीनवटा एजेन्डा हुनुपर्छ । पहिलो, तत्कालका अवस्थालाई मत्थर पारी घटनाको न्यायिक जाँच र दोषीमाथि कारबाही गर्ने ग्यारेन्टी । दोस्रो, भ्रष्टाचारीलाई कारबाही । तेस्रो, संविधान संशोधन ।
सरकार गठनका लागि दुईवटा विकल्प देखिएको छ । पहिलो विकल्प भनेको अहिलेकै संसदबाट सरकार बनाउने । जुन, जेन–जी आन्दोलनले स्वीकार गर्ने सम्भावाना देखिएको छैन । अर्को भनेको क्रान्तिकारी बाटो । अर्थात्, संविधानको बाधा अड्काऊ फुकाउमार्फत् ।

"सिंहदरबार फेरि बन्ने छ, अदालत, संसद भवन, स्थानीय तहको संरचना पुन:स्थापना हुनेछन् । देश भ्रष्टाचारमुक्त हुनेछ, देश झन् सुन्दर बन्ने छ ।"

विध्वंशपछि जेनजीको जिम्मेवारी : देशको पुननिर्माण :

यस प्रदर्शनमा कलिला बालकको ज्यान गयो । सरकारी सम्पत्ति कुनै बाँकी छैनन् । सरकार ढलिसकेको छ । देश नै जेनजीको नियन्त्रणमा छ, देश खरानीमा परिणत भएको छ । नेता र मन्त्रीलाई ज्यान जोगाउ हम्मेहम्मे भएको अवस्था छ ।
सामाजिक सञ्जालबाट भ्रष्टाचार र बेथितिको विरुद्धमा आजाव उठाइरहेका युवाहरुले सडक आन्दोलन गरेको उक्त परिणाम इतिहासका दस्तावेजमा लेखिने छन् । यो परिवर्तन र विध्वंशलाई अल्फा जेनेरेसनले इतिहासको किताबमा पल्टाउने छन् ।

युवा जागे भने सत्ता परिवर्तन गर्ने ल्याकत राख्छन् मात्रै होइन कसरी शासकीय दस्तावेजहरू खरानी भए भनेर जेनजी पुस्ताले कुनै इतिहास पल्टाउनुपर्ने छैन । किनकी जे जस्तो भयो जेनजीले गरे त्यसको साक्षी पनि जेनजी नै भए । जे हुनु थियो त्यो भयो जे नहुनु थियो त्यो पनि भयो । अब देश बनाउने काम पनि तिनै जेनजीले गर्नुपर्ने छ । ढलेका सार्वजनिक भौतिक संरचना पनि जेनजीले नै उठाउनु पर्छ । खरानी भएका संरचना पनि जेनजीले नै पुननिर्माण गर्नुपर्छ ।
जति पनि देशलाई क्षति भएको छ हामी देश बनाउँछौँ भनेर गरिएको हो त्यसैले पछि हट्ने छुट जेनजीलाई कदापि छैन । सत्ता परिवर्तन गर्न सक्ने जेनजीमा देश बनाउने तागत पक्कै छ । अब देशका जेनजीहरु विध्वंश मच्चाउन छोडेर देश बनाउन जुट्न आवश्यक छ । देश बनाउने कर्तव्य, जिम्मेवारी जेनजीकै हो अब सबै एकजुट हुन जरुरी छ । जेनजी कै नेतृत्वमा लागेको आगो निभ्ने छ, सिंहदरबार फेरि बन्ने छ, अदालत, संसद भवन, स्थानीय तहको संरचना पुन:स्थापना हुनेछन् । देश भ्रष्टाचारमुक्त हुनेछ, देश झन् सुन्दर बन्ने छ । अब कुनै पनि राजनितिज्ञले सात पुस्तासम्म पुग्नेगरी जनताका पसिनाको कमाई लुट्ने छैन । त्यसैले जेनजीले आफ्नो एजेण्डा स्पष्ट पारेर यथाशीघ्र अगाडि बढ्न आवश्यक छ ।

विश्व घटना बाट पनि सिक्न आवश्यक :

सबै ध्वस्त भयो केही पनि बाँकी रहेन भन्दै पुर्पुरामा हात राखेर बस्न जेनजीलाई छुट छैन । न त देशमा केही अवसर छैन भन्दै विदेशिने छुट अब जेनजीलाई छ । देशको मुहार फेर्नका लागि कलिला बालकहरुले टाउकोमा गोली खाएर ज्यानको बलिदान दिएका छन् । यो कुरा जेनजीले भुल्नु हुँदैन ।

विश्वका कतिपय देशहरु युद्धका कारण, आन्दोलनका कारण ध्वस्त भएका छन् र फेरि सुन्दर देशको रुपमा स्थापित भएका छन् । नयाँ नेपाल बन्ने छ । पहिलाको भन्दा सयौँ गुणा राम्रो बन्नेछ ।

अब चर्चा गरौँ विश्वमा झन्डै नाम मेटिएर फेरि बनेका देशका :

सन् १९४५ मा दोस्रो विश्वयुद्धको समयमा जापानको हिरोशिमा परमाणु बमले सहर पूर्णरुपमा ध्वस्त भयो । लाखौँ मानिसको ज्यान गयो, सहर खरानीमा परिणत भयो । अहिले त्यहाँ आधुनिक भवन, हिरोशिमामा पिस पार्क, स्मारकहरू बनेका छन् । जापान विश्वकै शान्ति देशको रुपमा स्थापित भएको छ ।

हिरोशिमा पछि जापानको ठूलो सहर नागासाकी सहरलाई पनि परमाणु बमले सहरलाई ध्वस्त बनायो । युद्धपछि उक्त सहर आधुनिक सहरको रूपमा पुन:निर्माण भयो । अहिले ति दुई सहर पूर्णरुपमा ध्वस्त भएका थिए र जस्तो लाग्छ ।

दोस्रो विश्वयुद्धको समयमा जर्मन सेनाले पोल्याण्डको राजधानी वारसको ८५५ भन्दा बढी संरचना नष्ट गरेको थियो । अहिले सो सहर युनेस्को वर्ल्ड हेरिटेज बनेको छ । सन् १६६६ को ‘ग्रेट फायर अफ लण्डन’ले बेलायतको राजधानी लण्डन करिब ८० प्रतिशत नष्ट गर्‍यो । पछि सुन्दर सहरको रुपमा स्थापित भयो ।

सन फ्रान्सिस्को क्यालिफोर्निया प्रान्तस्थित अमेरिकाको न्यूयोर्कपछिको महत्वपूर्ण सहर हो । जुन सहर सन् १९०६ को भूकम्प र त्यसपछि लागेको आगलागीका कारण सहरको धेरै भाग खरानी भएको थियो । अहिले उक्त सहर झनै बलियो भएर उभिएको छ ।

जर्मनीको सैक्सोनी प्रान्तको राजधानी ड्रेस्डेन पनि दोस्रो विश्वयुद्धमा अलाइड फोर्सेसको बम आक्रमणले सहरलाई ध्वस्त बनाएको थियो । नामोनिसान नै मेटिएको उक्त सहर पुन:निर्माण भयो ।

१९७५–१९९० मा भएको गृहयुद्धमा लेबनानको राजधानी बेइरुत ध्वस्त भएको थियो । अहिले उक्त सहर आधुनिक र ऐतिहासिक मिश्रणको सहर बनेको छ । विश्वका यी सहरहरूको विनास र पुनर्निर्माण एक गतिलो उदाहरण हो देश फेरि बनाउन सकिन्छ, सहर फेरि सिङ्गार्न सकिन्छ, तर अब अभावको बाहाना बनाउने छुट छैन,।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्