मोरङको खोर्सानेमा घर बनाउने क्रममा डोरी चुँडिएर एकको मृत्यु, तीनजना घाईते

<span class='c1'>मोरङको खोर्सानेमा घर बनाउने क्रममा डोरी</span> <span class='c2'>चुँडिएर एकको मृत्यु, तीनजना घाईते</span>

विराटनगर । मोरङको सुन्दरहरैंचा घर बनाउने क्रममा डोरी चुँडिएर खस्दा एकजनाको मृत्यु भएको छ । घटनामा तीनजना घाईते भएका छन् । सुन्दरहरैंचा नगरपालिका–१२ खोर्सानेमा घर निर्माणका क्रममा मंगलबार दुर्घटना भएको हो ।

निर्माणका क्रममा मसला बोक्ने याङ्गलको डोरी चुँडिएर दुर्घटना भएको थियो । प्रहरीका अनुसार घटना साँझ करिब ५ :२० बजेतिरको हो। स्थानीय होमबहादुर कटुवालको घर ठेक्कामा लिएर निर्माण गर्दै आएका खड्गबहादुर कार्कीले लगाएका कामदारले याङ्गलको प्रयोग गरेर मसला बोक्ने क्रममा दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिएकी छन् ।

मसला बोक्ने क्रममा डोरी चुँडिएर झरेको याङ्गलले किच्दा बेलबारी नगरपालिका–९ डाँगीहाटकी ४८ वर्षीय देवकुमारी राजवंशीसहित घाईते भएका थिए । याङ्गलले लागेर गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाएको थियो। अस्पताल पुर्याउनसाथ साँझ ६ : १० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
याङ्गलले किचेर बेलबारी–९ की ५० वर्षीया डामानी राजवंशी, ४० वर्षीया शर्मीला राजवंशी र ३१ वर्षीया रेनुका राजवंशी घाइते भएका छन्।

नोबेल अस्पतालमै उपचाररत उनीहरूमध्ये डामानी र शर्मीलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। रेनुकाको अवस्था सामान्य छ। लापरवाहीपूर्ण तरिकाले घर निर्माण गरिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्