विराटनगर । सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ शुक्रबारेका २० वर्षीय विषेश्वर यादव मुर्ति सेलाउने क्रममा डुबेर निधन भएको छ ।
विश्वकर्मा भगवानको मुर्ति सोमबार देवानगन्ज ७ स्थित चन्दामोहन पुल (बुढीखोला) मा सेलाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए ।
खोलामा बेपत्ता हुनसाथ देवानगन्ज , चिमडी ईलाका प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा ५ः २० बजे मृत अवस्थामा यादवको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए । शवको पोष्ट मार्टमको लागि जिल्ला अस्पताल ईनरुवामा लगिएको सुनसरी प्रहरीले जनाएको छ ।