ट्याक्टर चोरेर भाग्दै गरेका तीनजना पक्राउ कार बाट

<span class='c1'>ट्याक्टर चोरेर भाग्दै गरेका</span> <span class='c2'>तीनजना पक्राउ कार बाट</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ट्याक्टर चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । असोज ३ गते बिहानका राती १ बजे उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडवा का देब नारायण चौधरीको घर अगाडी पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको थियो ।

यसको जानकारी पाउनासाथ तत्काल खोजतलाशमा खटिएको प्रहरी टोलीले असोज ३ गते बिहान ३ बजे त्रियुगा–१३ फुलजोर स्थितबाट ट्याक्टर र ट्याक्टर चोरीमा संलग्न उदयपुको चौदण्डिगढी नगरपालिका–७ का २४ वर्षीय सुदिप चौधरी, चौदण्डिगढी–५ का २५ वर्षीय रोहित कुमार चौधरी र २४ वर्षीय चन्दन कुमार चौधरीलाई निजहरुले प्रयोग गरेको बा ६३ प ५४७५ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्