विराटनगर । मोरङको कानेपोखरी रंगेली सडक खण्डमा बिहीबार दिउँसो सवारी दुर्घटना हुदाँ ५ जना यात्रु घाईते भएका छन् । रंगेलीबाट कानेपोखरी तर्फ जादै गरेको को १० ख २९१२ नम्बरको बसलाई ना ५ ख २८६९ नम्बरको मालबहाक ट्रकले दलेली भन्ने ठाँउमा ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार बसमा सवार ५ जना घाईते भएका छन् । उनका अनुसार गम्भिर घाईते होक कुमार र सुबोध ठाकुरको विराटनगर स्थित न्युरो हस्पिटलमा उपचार भईरहेको छ भने सामान्य घाईते भएका आशिस सरदार , सरिता हस्दा र कण बा. धिमालको रंगेली अस्पतालमा उपचार भईरहेको छ । ट्रक चालक भने फरार भएको र उनको खोजी कार्य तिव्र भएको मोरङ प्रहरीले जनाएको छ ।