इन्द्रजित राजभण्डारीसहित २३ सदस्यीय पौडी टोली भारत प्रस्थान

<span class='c1'>इन्द्रजित राजभण्डारीसहित २३ सदस्यीय</span> <span class='c2'>पौडी टोली भारत प्रस्थान</span>

विराटनगर, असोज ९

नेपालको २३ सदस्यीय पौडी टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) बाट भारतको अहमदाबादतर्फ प्रस्थान गरेको छ। टोली 11th Asian Aquatics Championships 2025 मा सहभागी हुन गएको हो। सेप्टेम्बर २८ देखि अक्टोबर ११ सम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालका १६ खेलाडी (११ पुरुष र ५ महिला) ले प्रतिस्पर्धा गर्नेछन्।

पुरुष तर्फ अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, एल्भिन महार्जन, अभिभ प्रधान, रेवन्त बहादुर श्रेष्ठ, जेडेन श्रेष्ठ, निरनय थापा, अथर्व सिंह र वशिष्ठ राज शाही छन्। महिला तर्फ आर्या महार्जन, तिशा महार्जन, आदिप्सा वैद्य, श्रेनु महार्जन र भैना्वी श्रेष्ठ सहभागी हुनेछन्।

टोलीसँगै कोशी प्रदेशका पौडी प्रशिक्षक इन्द्रजित राजभण्डारी पनि सहायक प्रशिक्षक को रूपमा सहभागी छन्। उनी यसअघि पनि विभिन्न स्तरमा पौडी प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् र यसपटक सहायक प्रशिक्षक को रूपमा नेपाली टोलीलाई मार्गदर्शन गर्ने जिम्मेवारी पाएका छन्। भण्डारीले यस अवसरलाई कोशी प्रदेश मात्र नभई सम्पूर्ण नेपालको गर्व बढाउने अवसरका रूपमा लिएका छन्।

प्रशिक्षक तथा व्यवस्थापन टोलीमा प्रमुख प्रशिक्षक शंकर कार्की, अधिकृतहरू दिपक सागर सिंह महार्जन, नविना श्रेष्ठ, सुमन महार्जन र इन्द्रजित राजभण्डारी रहेका छन्। त्यस्तै, विष्णु खड्का क्षेत्री र अनिश महार्जन रेफ्रीको भूमिकामा रहनेछन्।

नेपाल पौडी टोलीले यसअघि अन्तर्राष्ट्रिय स्तरमा आंशिक सफलता हात पारेको भए पनि यसपटक अधिक अनुशासित तयारी र अनुभवी प्रशिक्षकहरूको नेतृत्वमा अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्