विराटनगर, असोज १४ – विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा सम्पन्न विराटनगर वार्ड स्तर ३X३ बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
छत्रतर्फको उपाधि भिडन्तमा वार्ड नं. ११ ले वार्ड नं. १३ लाई २०–१७ को नजिकको स्कोरले पराजित गर्दै विजेता बन्न सफल भयो। यसैगरी वार्ड नं. १३ उपविजेतामा सिमित भयो। छात्रातर्फ भने वार्ड नं. १२ ले वार्ड नं. ११ लाई ११–५ ले हराउँदै विजेता बन्न सफल भयो। यसैगरी वार्ड नं. ११ उपविजेता बन्यो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका वार्ड नं. ११ का दिपेश कटवाल छत्रतर्फ एमभीपी घोषित भए भने वार्ड नं. १२ की आरती लिम्बु छात्रातर्फ एमभीपी घोषित भइन्।
विजेता र उपविजेताहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको थियो।पुरस्कार वितरण विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्साल, मोरङ बास्केटबल संघका सचिव त्रिलोक बस्तोला, च्याम्पियन स्पोर्ट्सका निर्देशक सरोज पौडेल र पारिजात फास्ट फुडका निर्देशक परितोष गिरी ले गर्नुभयो।
छात्र तर्फ ८ वार्डको सहभागिता थियो भने छात्रा तर्फ ४ वार्ड को सहभिगी रहे। जसमा छात्र तर्फा वार्ड नं १ , २ , ६ , ८ , १० , ११ , १२ , १३ रहेका थिए भने छात्रा तर्फ ४ , ५ , ११ , १२ रहेका थिए। प्रतियोगिता विराटनगर १० मा रहेको कोबास कलेजको बास्केटबल कोर्टमा भएको थियो।
प्रतियोगिता सफल पार्न सहयोग गर्ने वार्ड, खेलाडी, प्रशिक्षक, रेफ्री, स्वयंसेवक र समर्थकप्रति आयोजकले आभार प्रकट गरेको छ।