विराटनगर । कोशी नदिको पुलमा अहिले सर्वसाधारणका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ। अत्यावश्यक आपतकालीन सवारी साधनलाई मात्रै पुल पार गर्न अनुमति दिइएको प्रशासनले जनाएको छ।
जनतालाई सतर्क रहनुका साथै प्रशासनले जारी गर्ने सूचना अनुसार मात्र यात्रा गर्न आग्रह गरिएको छ।
यस्तै, पानीको उच्च बहावका कारण कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको समेत जानकारी प्राप्त भएको छ।