इलाम, पाँचथर र संखुवासभाका चार गर्भवती महिलाको हवाई उद्धार

<span class='c1'>इलाम, पाँचथर र संखुवासभाका चार</span> <span class='c2'>गर्भवती महिलाको हवाई उद्धार</span>

विराटनगर । लगातारको वर्षाका बीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा नेपाली सेनाले चारजना गर्भवती महिलाको हवाई उद्धार गरेको छ ।राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम अन्तर्गत सोमबार इलामको माइजोगमाई र सन्दकपुर, पाँचथरको फिदिम, र संखुवासभाको भोटखोलाबाट गर्भवती महिलाहरूलाई उद्धार गरिएको हो ।

नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएका ती चारै महिलालाई झापास्थित बी एण्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल विराटनगर पु¥याइएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्