ईलाम । हालैको अविरल वर्षाका कारण ईलाम जिल्लाको विभिन्न क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार र शनिबार परेको अविरल वर्षा र पहिरोका कारण वितरण लाइनमा क्षति पुग्दा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । विधुत अवरुद्ध भएपछि गाउँमा सञ्चार सम्पर्कमा समस्या देखिएको स्थानिय सञ्चारकर्मी राम योङहाङले जानकारी दिए । उनले भने,‘‘मोबाइल फोनको ब्याट्री सकिँदा स्थानीयले गाउँका केही व्यक्तिले सञ्चालनमा ल्याएका जेनेरेटरमा मोबाइल चार्ज गर्न भीड लाग्ने गरेका छन् ।” दैनिक सूचना सम्प्रेषण, रातको समयमा बस्न र आपतकालीन सम्पर्कमा कठिनाइ भएपछि स्थानीयले असहज महसुस गरिरहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार पहिरोले वितरण लाइनका थुप्रै पोलहरू भासिएका र तारहरू चुँडिएका छन् । मौसम सुधारसँगै मर्मत कार्य सुरु गर्ने तयारी भइरहेको जनाइएको छ । ईलाम जिल्लामा हाल सम्म ३८ जनाको पहिरोमा परि ज्यान गुमाईसेकेको छन् भने संयौ परिवार विस्तापित भएका छन् ।