चुनावको वातावरण निमार्ण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने : प्रवक्ता भट्टराईले

<span class='c1'>चुनावको वातावरण निमार्ण गर्न सरकारले राजनीतिक</span> <span class='c2'>दलसँग छलफल गर्नुपर्ने : प्रवक्ता भट्टराईले</span>

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने बताएको छ । मंगलबार सरोकारवालाहरुसँगको बैठकपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आसन्न प्रतिनिधिसभा चुनावको विषयमा निर्वाचन आयोग तयार रहेको भन्दै सरकारले दलसँग छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘राजनीतिक वातावरण निर्माण गर्ने विषयमा राजनीतिक दलहरुसँगको छलफल लगायतको विषयमा सरकारले अगाडि बढाउन पर्यो। छलफल भन्ने विषयमा सँगसँगै सँगसँगै अगाडि बढ्छौं। यसको प्राविधिक पाटो तयारीको पाटोमा निर्वाचन आयोगले सरोकार तहमा छलफल गर्छ।’निर्वाचन आयोगले सोमबार कार्यतालिका सार्वजनिक गरेको जानकारी गराउँदै उनले निर्वाचन स्वच्छ निर्पक्ष बनाउन सरकारसँग सहकार्य हुने बताए ।

‘भर्खरै मात्र हिजो मात्र निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ,’ उनले भने, ‘निर्वाचन कार्यक्रमका विषयमा मतदानलाई थप स्वच्छ निर्पक्ष बनाउने, आचारसंहिता लागू गर्ने निर्वाचन आयोगको क्षेत्राधिकार भित्र पर्छ त्यसमा आयोगले सरोकारवाला अथवा राजनीतिक दलहरुसँग सम्बन्धित सहकार्य गर्छ। सुरक्षाको सुनिश्चितता लगायतका विषयहरुमा सरकारको कार्यक्षेत्र भित्र पर्छन् त्यसमा सरकारको तर्फबाट हुन्छ। सबैले मिलेर गर्ने हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्