अदालत र सिडीयो कार्यालय मोरङबाट सेवा सुरु, अन्य कार्यालयमा तयार हुँदैछन फायल

<span class='c1'>अदालत र सिडीयो कार्यालय मोरङबाट सेवा</span> <span class='c2'>सुरु, अन्य कार्यालयमा तयार हुँदैछन फायल</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार (असोज २२ गते) देखि सबै नियमित सेवा सञ्चालन गरेको जनाएको छ। कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्र र राहदानी बाहेकका सबै सेवा पुनः सुचारु भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोईरालाले बताएका छन ।

जेनजी आन्दोलनका क्रममा कार्यालय भवन र सामग्रीमा भएको क्षति पछि केही दिन सेवा प्रभावित भएको थियो। क्षति मर्मत र आवश्यक तयारी पूरा भएपछि सेवाग्राहीका लागि कार्यालय खुलेको सहायक प्रमुख जिल्ला अधिकारी कोईरालाल जानकारी दिएका छन । आन्दोलनका क्रममा भवनमा आगजनी भएपनि जिल्ला प्रशासन कार्यालय मोरङको सबै फाईलहरु सुरक्षित रहेको जानकारी दिइएको छ ।

त्यस्तै यता भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरको कार्यलायको सम्पूर्ण सेवाहरु असोज २६ वा २७ गते आईतबार वा सोमबारदेखि सुुचारु हुुने भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरका सुचना अधिकारी गोपाल दाहालले जानकारी दिए । दाहालका अनुसार आन्दोलनका क्रममा जलेको कागजात, फाईल र भवनको काम भई रहेको भवनको काम सके पश्चात कार्यलाय आईतबारदेखि सुुचारु गर्न तयारी रहेको बताए ।

मोरङ जिल्ला अदालत कार्यलाय लगायत अहिले जिल्ला स्तरको अधिकाश कार्यलायहरु सुचारु भई सकेको छ । साथै केहि कार्यलायहरु भन्ने आगजनीले गर्दा कामकारवाहीहरु सुुचारु हुन नसकेको अवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्