धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

<span class='c1'>धनुषाका एसपीको राजीनामा माग</span> <span class='c2'>गर्दै जनकपुरधाममा धर्ना</span>

जनकपुर । धनुषाका एसपी नरहरी रेग्मीको राजिनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीयवासीहरु धर्नामा बसेका छन् । बुधबार जनकपुरधामको जनक चोकमा रुपेठाका स्थानीय हिन्दू समुदायका महिला तथा पुरुषहरु धर्नामा बसेका छन् । उनीहरुले धनुषाको एसपी राजिनामा दे, हिन्दूहरुलाई रिहा गर, हिन्दूहरुलाई फसाउन पाईदैन लगायत लेखिएको प्लेकार्ड हातमा बोकेर विरोध जनाएका छन् ।

केही दिन अघि, दुर्गा भगवतीको मुर्ती विसर्जनको क्रममा रुपेठामा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो । सोही बेला मुस्लिम समुदायले मुर्ती विसर्जन गर्न गएकाहरु माथि सिसाको बोतल र ढुंगा मुढाले प्रहार गरेका थिए । सो पछि आक्रोसित हिन्दू समुदायले मुस्लिम समुदायले निर्माण गरेको एउटा टहरामा आगो लगाएका थिए । धनुषा प्रहरीले स्थिती नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै केही स्थानीयहरुलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका स्थानीयहरु निर्दोष किशोर र युवाहरु रहेको भन्दै हिन्दूवादी संगठनका अगुवाहरुले निरन्तर जनकपुरधाममा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले पक्राउ परेकाहरुलाई बिना सर्त रिहा गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्