आज असोज २३ गते जेनजी आन्दोलन भएको एक महिना पुरा

<span class='c1'>आज असोज २३ गते जेनजी आन्दोलन</span> <span class='c2'>भएको  एक महिना  पुरा</span>

विराटनगर । नेपालमा गत भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी आन्दोलन भएको आज एक महिना पूरा भएको छ। युवापुस्ताको नेतृत्वमा सुरु भएको उक्त आन्दोलनले देशको राजनीतिक परिदृश्यमा ठूलो प्रभाव पारेको छ।
आन्दोलनकै प्रभावस्वरूप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पतन भई हाल पूर्वमुख्य न्यायाधीश शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। अन्तरिम सरकारले आन्दोलनका माग सम्बोधनका लागि विभिन्न पहल थालेको जनाइएको छ।

भदौ महिनामा भएको तीव्र सडक आन्दोलनका क्रममा देशका प्रमुख सहरहरूमा हजारौं युवा र विद्यार्थी सडकमा उत्रिएका थिए। उनीहरूले भ्रष्टाचार अन्त्य, पारदर्शी शासन, रोजगारीको सुनिश्चितता र नीति सुधारका माग गरेका थिए। जेनजी आन्दोलनका अगुवाहरूले भनेका छन्, “हाम्रो आन्दोलन शासन परिवर्तनको लागि होइन, प्रणाली परिवर्तनको लागि हो।” उनीहरूले अझै पनि आफ्ना मागहरूमाथि ठोस कदम चालिनुपर्ने बताउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्