विराटनगरमा धमाधम मतदाता नामावलीमा दर्ता हुँदै जेनजी पुस्ता

<span class='c1'>विराटनगरमा धमाधम मतदाता नामावलीमा</span> <span class='c2'>दर्ता हुँदै जेनजी पुस्ता</span>

प्रेम देवान
विराटनगर । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन मिति तय भएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले उक्त मितिमा प्रतिनिधीसभाको निर्वाचन गराउनको लागि मिति तय गरेर तयारी थालिएको हो ।

उक्त निर्वाचनको लागि अहिले अधिकास जेनजी युवाहरू मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन कार्यालयमा पुगेर आफ्नो अधिकार प्राप्त गर्न लागि नाम दर्ता गर्न थालेका छन् । आयोगले असोज ९ गतेदेखि कात्तिक ३० गतेसम्म नामावली संकलन गर्ने कार्यतालिका अनुसार विराटनगरमा रहेको निर्वाचन कार्यालयले असोज १० बाट सुरु गरेको थियो । कार्यालय परिसरमा नयाँ मतदाता, विशेषगरी जेनजी युवा पुस्ताहरूको उत्साहजनक उपस्थिति देखिने गरेको छ । कार्यालय परिसरमा भेटिएकाहरूले मतदान गर्ने अधिकार सुरक्षित गर्न मात्र नभई देशको राजनीतिक नेतृत्वमा परिवर्तन ल्याउन मतदानमा सहभागी हुने प्रतिक्रिया दिएका छन् ।

कार्यालयमा भेटिएका अधिकांश युवा मतदाताले पुराना राजनीतिक दल र तिनका शीर्ष नेताहरूप्रति वितृष्णा व्यक्त गरेका छन् । उनीहरूको साझा आवाज छ, ‘अब देशलाई परम्परागत राजनीतिको चक्रबाट बाहिर निकालेर नयाँ र सक्षम नेतृत्वको हातमा सुम्पिनुपर्छ ।’ विगतका निर्वाचनमा उदासीन रहेका धेरै युवा यसपटक स्वतन्त्र उम्मेदवार र नयाँ अनुहारको सम्भावित उदयले आशावादी बनेका छन् ।

विराटनगर–११ की परिमा लुम्बा भन्छिन् ‘पहिलकोे चुनावमा उठेका मान्छेहरू खासै चिनिदैन पनि थियो,’ तर यसपटक भने हामीले चिनेका मान्छेहरु ठाँउमा हुनुहुन्छ । ‘अब आउने चुनावमा पनि हाम्रो आवाज सुन्नेलाई नै भोट हालेर जिताउने हो । जे होस जेनजीले ल्याएको एउटा परिवर्तनले गर्दा हामी निकै खुशी छौँ ।’
विराटनगर १७ का मोहम्मद सेफली पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गर्न पुगेका थिए । उनले भने, ‘अब पहिलेको जस्तो सरकार नहोस जेनजीवाला सरकार होस । अब हामी सम्पुर्ण जेनजीहरु मिलेर सक्षम र राम्रो काम गर्नेलाई जिताउने भन्ने आशावादीमा छन् ।

निर्वाचन कार्यलयमा भेटिएका देवेन्द्र कोईराला पनि पहिलोको जस्तो सरकार हैन सरकार भएपछि जनताले फिल गर्ने सरकार होस भन्ने आशावादीमा छन् । अहिलेको अन्तरिम सरकार प्रति नै आशावादी भएका कोईरालाले अब हुने सरकारले हामी जनता सेवक भएर काम गर्ने होस भन्ने सोचमा छन् ।
प्रदेश निर्वाचन कार्यालय शाखा अधिकृत चोलराज दंगालका अनुसार नयाँ निर्वाचन घोषणासँगै अध्यादेश मार्फत कानुन संशोधन गरी मतदाता नामावली दर्ताको यही असोज १० गतेबाट मतदाता नामावली तथा अद्यावधिक कार्य सुरु भएको छ ।

उनका अनुसार असोज २२ गते सम्म आईपुग्दा ४९९ जना मतदाता नामावलीमा नाम दर्ता भएको छ । यसमा नयाँ नाम दर्तासँगै अद्यावधिकको ४९ जनाले गरेको शाखा अधिकृत दंगालले बताए । नयाँ मतदाता नामावलीको लागि निर्वाचान कार्यालयको वेवसाईडमा गएर अनलाईन फर्म भर्ने र फर्म भरिसकपछि कार्यालयमा आएर बायोमेट्रिक र फोटो खिचाउन सकिने दंगालले सुझाव दिए । निर्वाचन आयोगले मतदाता नामावली ऐन, २०७३ मा संशोधन गरेपछि नामावली संकलन पुन खुला गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्